images
images

राष्ट्र बैंकले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै


  • 609
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    राष्ट्र बैंकले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५ सय ५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

    उक्त अवधिमा ४ सय ६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २ सय ६५ वटा अभिलेखीकरण गरिएका तथा १ सय ९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।

    यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रुपैयाँ रहेको जनाउँदै हालसम्म २९ अर्ब २४ करोड ६७ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ ।

    त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


    images
    images

    Logo