काठमाडौं । मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन भएको २ महिनापछि एमसीसी सम्झौताबारे जनतालाई औपचारिक जानकारी दिइएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हाे ।
गत फागुन १५ गते सो सम्झाैता प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । उक्त सम्झौतालाई बैशाख १५ गतेको नेपाल राजपत्रमा प्रकाशन गरिएको हो । प्रकाशनसँगै सम्झाैता लागु हुने चरणमा पुगेको छ ।
अमेरिकी सरकारको ५० मिलियन अमेरिकी डलर अनुदान सहायतामा सञ्चालन हुने उक्त परियोजना अन्तर्गत रातमाटे हेटौंडा बुटवल हुँदै भारतसम्म ४४० केभीए क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यसबाहेक उक्त सम्झौता अन्तर्गत विभिन्न ५ वटा सडकको स्तरोन्नति समेत हुनेछ ।
५ व्रषभित्र सम्पन्न गर्ने भनिएको उक्त परियोजना सुरु भएको भने अझै मानिने छैन । एमसीसी कार्यान्वयन गर्ने एमसीए नेपालले सबै तयारी सकेपछि मात्रै दिनगन्ति सुरु हुने जनाएको छ ।



