images
images

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’


  • 563
    SHARES
  • २०७९ बैशाख १७ गते शनिबार

    नेपाल टेलिकमको ‘आइसिटी डे अफर’

    काठमाडौं । यही वैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ ।

    कम्पनीका ग्राहकहरूका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ (मे १–७ तारिख)सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँ मा खरिद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

    त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँ मा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ ।डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

    त्यसका साथै रु २०० देखि ४ सय ९९ रुपैयाँ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र  ५ सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ । यस अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

     


    images
    images

    Logo