काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तय गरेको रात्रिकालीन उडान १ साता पछि सरेको छ । शुक्रबारदेखि लागु गर्ने भनिएको रात्रिकालीन उडान अब बैशाख २३ गतेदेखि मात्रै लागु हुने भएको छ ।
क्यानले रात्रिकालीन उडान सुरु गर्ने भनेपाछि वायुसेवा सञ्चालक संघले यसको पूर्व तयारीको लागि समय मागेको थियो । तर, क्यानले शुक्रबारदेखि नै रात्रिकालिन उडानका लागि स्लट निर्धारण गरेपछि संघले सबै उडान बन्द गर्ने निर्णय गरेको थियो ।
संघको निर्णयपछि क्यान पछि हटेको हो । क्यानले एक सातापछि मात्रै रात्रिकालीन उडान गर्नेगरी स्लट परिवर्तन गरेपछि सञ्चालकहरु विमान पूर्ववत् सेड्युल अनुसार उडाउन सहमत भएका छन् ।