images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे २ किलो सुनसहित ५ जना पक्राउ


  • 697
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे २ किलो सुनसहित ५ जना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित ५ जना पक्राउ परेका छन्। 

    दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान भित्र सरसफाइ गर्ने क्रममा विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनका विस्कुटहरू लिएर बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका–४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका–४ का ३६ वर्क्षीय ताराकान्त चौधरी रहेका छन् । 

    बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा आई निजसँगै काम गर्ने सहकर्मी साथी सुमनलाई सुनको बिस्कुटहरु बाँडी लग्ने क्रममा पक्राउ गरेको हो त्यसपछि सुनका बिस्कुट आ(आफ्नो मनि पर्समा  लुकाएर विमानस्थलको फलामे गेटहुँदै बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा दुबैको साथबाट समान १०–१० वटा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ। 

    उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

    उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।


    images
    images

    Logo