images
images

स्थानीय तह निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता


  • 479
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    स्थानीय तह निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता

    यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । 

    निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब ४ हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार १ लाख ५३ हजार २ सय २० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।‘यसमा अझै केही संख्या थपिन सक्छ,’निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने,‘हुम्लाको एक पालिकामा इन्टरनेटको समस्या भएकोले तथ्यांक अपडेट हुन बाँकी छ । अन्य पालिकामा पनि सच्याउँदा थपघट भइरहेको छ ।’

     


    images
    images

    Logo