images
images

समता घरेलु लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ  अनुभव र योग्यता


  • 745
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    समता घरेलु लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ  अनुभव र योग्यता

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले सुचना प्रकाशन गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । 

    लघुवित्तले केन्द्रीय कार्यालय को जनशक्ति तथा तालिम विभाग अन्तर्गत वरिष्ठ अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, लेखा विभागका लागि वरिष्ठ अधिकृत,कनिष्ठ अधिकृत, वित्त विभागका लागि कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, कर्जा जोखिम तथा असुली विभागका लागि वरिष्ठ तथा कनिष्ठ अधिकृत, सूचना तथा प्रविधि विभाग अन्तर्गत, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत केही संख्यामा र ग्राहक सेवा डेक्सका लागि सहायक अधिकृत (एकजना महिला) माग गरेको छ ।

    त्यस्तै, अनुगमन अधिकृत, इलाका प्रमुख तोकिएको इलाकाका लागि केही संख्यामा, केही शाखा कार्यालयका लागि शाखा प्रमुख, फिल्ड कर्मचारी र प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ ।

    सो पदहरुका लागि कम्पनीले स्नातक तह उत्तीर्णदेखि न्युनतम एसईई उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

    Samata-gharelu-job (1).jpg

     

     


    images
    images

    Logo