images
images

१९ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक, १५ अर्बको नयाँ


  • 741
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    १९ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक, १५ अर्बको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न भएको छ । सोमबार बैंकले १९ अर्ब १० करोड बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । 

    बैंकका अनुसार २८ दिनको अवधिका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनको लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ । त्यस्तै, १८२ दिनको लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ भने ३६४ दिनको लागि  २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न भएको छ । 

    ९१ दिन अवधिको विल जेठ १७ गते परिपक्क हुनेछ भने ९१ दिन अवधिको विल साउन १७ गते परिपक्क हुने छ । त्यस्तै, १८२ दिन अवधिको विल कात्तिक १५ गते परिपक्क हुनेछ भने ३६४ दिन अवधिको विल २०८० साल वैशाख १९ गते परिपक्क हुने छ ।  

    यी ट्रेजरी विल सोमबार ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन् । 


    images
    images

    Logo