काठमाडौं । सिटिजन्स बैककाे १८ हजार ८ सय ४३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्न लागेका हुन् । संस्थापक शेयरधनी कृष्ण प्रसाद घिमिरेले आफ्नो नाममा रहेको १८ हजार ८ सय ४३ कित्ता शेयर विक्री गर्ने लागेको हो ।
बैंककोको नियमावली अनुसार उक्त शेयरविक्री गर्दा संस्थानमा कायम रहेका सेयर धनीहरुलाई प्राथामिकता दिइने छ । उक्त समयमा प्रत्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (वैशाख १६ गते) देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा आवेदन दिनुपर्ने छ ।