काठमाडौं । नासा ईन्भेष्टमेन्ट प्रालीलाई नेपाल धितोपत्र बोर्डले कारबाही गर्ने चेतावनी दिएको छ । नासा ईन्भेष्टमेन्ट कम्पनीले गैर कानुनी काम गरेको भन्दै बोर्डले यस्तो चेतावनी दिएको हो ।
भृकुटी चौक, विराटनगर–५, प्रदेश नं. १ स्थित नासा ईन्भेष्टमेन्ट प्रालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाताको सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको छ । उक्त कार्य जतिसक्दो छिटो बन्द गर्न बोर्डले कम्पनीलाई चेतावनी दिएको छ ।
धितोपत्र बोर्डको अनुमतिबिना यस्तो कार्य गर्नु गैर कानुनी भएकाले सो कार्यहरु तत्काल बन्द तत्काल बन्द नगरे धितोपत्र सम्बन्धी कानून बमोजिम कारबाही गर्ने बोर्डले जनाएको छ ।



