images
images

स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय


  • 465
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

    काठमाडौं । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । 

    उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

    सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७ सय ४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४ सय ८३ सदस्य गरी कूल ३५ हजार २ सय २१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
     
    यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोयन दर्ता गरिएको थियो । बिहीबार साँझसम्मको तथ्याङ्कअनुसार स्थानीय तह सदस्य निर्वाचनमा १ लाख ५३ हजार १ सय ४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रमुखमा ३ हजार ५ सय १८,  उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३ सय ९२ र उपाध्यक्षमा दुई हजार ४सय ७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।
     
    यस्तै वडाध्यक्षमा ३५ हजार ३ सय ८०, महिला सदस्यमा २६ हजार ५ सय ५६, दलित महिला सदस्यमा २३ हजार ८ सय ५१ र सदस्यमा ५५ हजार ७ सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।


    images
    images

    Logo