images
images

हिमालयन हाइड्रो पावरको आईपीओ वैशाख २५ गतेदेखि


  • 689
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    हिमालयन हाइड्रो पावरको आईपीओ वैशाख २५ गतेदेखि

    काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडले बैशाख २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। उक्त  शेयरमा आयोजना प्रभावित क्षेत्र  कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

    यो निष्काशन बन्द छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओका लागि लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo