काठमाडौं । वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि सम्पूर्ण आन्तरिक हवाई उडान बन्द गर्ने घोषणा गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघले यस्तो निर्णय गरेको जानकारी गराएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राती पनि उडान गर्न बाध्य पारेपछि आफूहरु संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै दैनिक १८ घण्टा उडान उडाउनै पर्नेगरी उडानको सेड्युल बनाएको थियो । तर, संघले भने यसका लागि आफूहरुले तयारी गर्नुपर्ने भन्दै समय माग गरेका थिए । तर, क्यानले छलफल नै नगरी नयाँ सेड्युल लागु गरिदिएपछि सञ्चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले राती उडान गर्ने व्यवस्थापन मिलाउन आफूहरुले समय मागे पनि पाउन नसकेकोले उडान नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । आफूहरुले महिनौ अघिदेखि बुकिङ गरेको टिकट अनुसार उडान गराउनुपर्ने बाध्यता रहेको बताए । त्यस्तै, राती उडान गर्दा यात्रुको समस्यालाई ध्यान दिनुपर्ने समेत उनको भनाइ छ ।



