images
images

नेप्से २० अंकले घट्दा कारोबार रकम भने बढ्यो


  • 478
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    नेप्से २० अंकले घट्दा कारोबार रकम भने बढ्यो

    काठमाडौं ।  साताको अन्तिम दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २० अंकले घट्दा २ हजार ३ सय ५६ दशमलव १७ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय २६ कम्पनीको १ अर्ब ४९ करोड बराबरको ४५ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ ।  अघिल्लो दिन बुधबार नेप्सेमा झिनो अंकको सुधार देखिएको थियो । उक्त सुधारले बिहीबार निरन्तरता लिन सकेन । सूचक तल झर्दा कारोबार रकम भने बढेको छ । 

    पछिल्लो केही समययता शेयर बजार घट्दो क्रमश छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र विदेशी सञ्चिती घट्दै जानाले शेयर बजार घट्दै गइरहेको छ । 

    आज कारोवारमा आएका सबै समुहका परिसुचक राताम्मे भएका छन् । आज सर्वाधिक घट्नेमा जीवन विमा समुह रहेको छ । बिहीबार सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ५ करोड २५ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । त्यस्तै, आज हिमालयन डिष्टिलरीको ५ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  


    images
    images

    Logo