images
images

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा जोशी निलम्बन


  • 616
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा जोशी निलम्बन

    काठमाडौं । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । 

    पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए । 
     
    प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उहाँलाई निलम्बन गरिएको बताइएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान  प्रतिष्ठान  ऐन २०७६ को उपदफा ( ३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । 
     
    प्राडा जोशी २०७७ साउन १६ गते ४ वर्षका लागि उपकूलपतिमा नियुक्ति भएका थिए । 


    images
    images

    Logo