काठमाडौं । बेस्ट फाइनान्सको ८८ हजार २ सय ५२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्री गर्न लागेका हुन् । संस्थापक शेयरधनी दुर्गा बाहोराको नाममा रहेको ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठको नाममा रहेका १ सय ८१ कित्ता शेयर विक्री गर्ने लागेको हो ।
फाइनान्सको नियमावली अनुसार उक्त शेयरविक्री गर्दा संस्थानमा कायम रहेका सेयर धनीहरुलाई प्राथामिकता दिइने छ । उक्त समयमा प्रत्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इच्छुक शेयरधनीहरुले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिनुपर्ने छ ।