images
images

नेपालको आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको अनुमान


  • 501
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    नेपालको आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको अनुमान

    काठमाडौं । बढ्दो तरलता संकटका बाबजुद नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतको नजिक हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले बिहीबार पत्रकार सम्मेलनमार्फत् राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यो वर्ष उपभोक्ताको मूल्यका आधारमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो । चालु वर्षको फागुनसम्मको तथ्यांकले असारसम्म सो बराबर आर्थिक वृद्धि हुने देखाएको विभागले जनाएको छ । 

    अघिल्लो वर्ष अर्थतन्त्रको वास्तविक वृद्धि ३.८३ प्रतिशत मात्रै थियो । यो वर्ष कोभिड–१९ महामारीको प्रभाव कम हुँदै गएकोले अर्थतन्त्र पूर्ववत् अवस्थामा फर्किन लागेको, केही ठूला आयोजनाहरु निर्माण सम्पन्न भएर सञ्चालनमा आएका कारणले आर्थिक वृद्धि बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । 

    विभागले नेपालीको प्रतिव्यक्ति आय समेत बढेर १ हजार ३ सय ७२ डलर पुगेको जनाएको छ । यो आधारमा नेपाली मुद्रामा प्रतिव्यक्ति आय १ लाख ६४ हजार ५ सय ९८ रूपैयाँ पुगेको छ । अहिले नेपालको कुल गार्हस्थ उत्पादन ४१ खर्ब ५ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ । उपभोक्ता मुल्यका आधारमा भने जीडीपी ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको विभागले जनाएको छ ।

    अघिल्लो वर्षको वास्तविक वृद्धिको आधारमा यो वर्ष आर्थिक वृद्धि धेरै देखिए पनि यो लक्ष्यभन्दा कम हो । यो वर्ष सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । केन्द्रीय तथ्यांक विभागले सो बराबरको आर्थिक वृद्धिको प्रक्षेपण गर्दै गर्दा विश्व बैंकले भने यो वर्ष नेपालको अर्थतन्त्र ४ प्रतिशत भन्दा कमले मात्रै बढ्ने प्रक्षेपण गरेको छ । 


    images
    images

    Logo