images
images

परवानीपुरदेखि विरगञ्जसम्मको ६६ केभी प्रसारण लाइन बन्द हुने


  • 631
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    परवानीपुरदेखि विरगञ्जसम्मको ६६ केभी प्रसारण लाइन बन्द हुने

    काठमाडौं । परवानीपुरदेखि विरगञ्जसम्मको ६६ केभी प्रसारण लाइन बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले  थप नयाँ टावर खडा गर्न र नयाँ कन्डक्टर फाइनल गर्नका लागि बैशाख १६ गतेदेखि १८ गते सम्मको लागि प्रसारण लाइन बन्द गर्न लागेको हो । 

    नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा सञ्चालित यस आयोजनाबाट परवानीपुरदेखि विरगञ्जसम्मको ६६ केभी प्रसारण लाइन को टावर नम्बर ३४३ देखि टावर नम्बर ३५३ सम्मको बिचमा नयाँ टावर थप्न र नयाँ कन्डक्टर फाइनल सेग गर्नका लागि बैशाख १६ (शुक्रबार) गतेदेखि लाइन बन्द गर्न लागिएको प्राधिरणले जनाएको छ ।  

    प्राधिकरणका अनुसार टावर खडा गर्ने कार्य गर्दा परवानीपुर विरगञ्ज खण्डको दुवै सकिंट र कन्डक्टर फाइलन सेग गर्ने कार्य गर्दा एउटा/एउटा सर्किट बन्द गर्नुपर्नेछ । 

    हुँदा विरगञ्ज, कलैया तथा पोखरिया क्षेत्रका सम्पूर्ण ११ केभी ग्राहकहरु र ६६ केभी लाइनबाट वितरण हुने औद्योगिक ग्राहकहरुको विद्युत आपूर्ति बन्द हुनेछ ।  सेवा आगामी १९ गते (सोमबार) सम्म बन्द हुनेछ । शुक्रबार र शनिबार बिहान ११ः३० देखि ४ः३० बजेसम्म सेवा बन्द हुनेछ । परवानीपुर सबस्टेसनको ६६ केभी विरगञ्ज फिडर–१ र फिडर–२ बन्द हुनेछ । 

    यस्तै, आइतबार ६६ केभी परवानीपुर सबस्टेसनकै फिडर–१ बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म बन्द हुनेछ । सोमबार परवानीपुर सबस्टेसनको फिडर–२ पनि बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बन्द हुने प्राधिकरणले जनाएको छ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित तालिका अगावै सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ 

     


    images
    images

    Logo