images
images

समानुपातिकको तर्फ बन्दसुची हटाउनुपर्ने, कालो सुचीमा रहेको उम्मेदवारी रद्द हुने


  • 579
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    समानुपातिकको तर्फ बन्दसुची हटाउनुपर्ने, कालो सुचीमा रहेको उम्मेदवारी रद्द हुने

    काठमाडौं । निर्वाच आयोगले आज विहीबार दिउँसोसम्म समानुपातिकको तर्फबाट बन्दसुची रहेको उम्मेदवारको नाम नहटेमा स्थानीय तहको उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएको छ । 

    निर्वाचन आयोगले बिहबार अपरान्हसम्म बन्दसुचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । त्यसैगरी विभिन्न कारणले कालोसूचीमा परेका ४० हजारमध्ये कोहीले मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द हुने भएको छ ।

    निर्वाचन कानूनमा उम्मेदवारी दिने योग्यता नपुग्ने विषयलाई आधार बनाएर कालोसूची तयार गरिएको आयोगले जनाएको छ। अदालतबाट पाएको सजाय भुक्तान नभएका, बैंकका ऋण नतिरेकाहरु कलोसूचीमा पर्ने छन् । 

    मनोनयनपत्र दर्ता गर्नुअघि मात्रै समानुपातिकको बन्दसूचीबाट नाम हटेमा मान्यता दिने निर्णय गरेको निर्वाचन आयोगले अब भने दावीविरोधमाथि छानविन गर्ने अन्तिम दिनसम्म त्यसलाई खुला राख्ने निर्णय गरेको छ ।


    images
    images

    Logo