काठमाडौं । सिवाईसी लघुवित्तको आईपीओ बाँडफाट सम्पन्न भएको छ । बिहिबार लघुवित्तको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यलयमा बाँडफाँट सम्पन्न भएको हो ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९ सय ४८ जनाले मात्रै पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ ।
लघुवित्तले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १९ हजार ७ सय ६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार कित्ता सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।



