काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २५ गतेदेखि १ः०.३९३६२९२६ अनुपातको दरले हुन आउने हकप्रद शेयर विक्री खुला गरेको छ । सो हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर जारी गरेको छ । चैत १३ गतेसम्म दोस्रो बजारमा शेयर कायम भएकाहरु शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर निष्कासनमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद निष्काशन बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने कम्पनीले जनाइएको छ ।