काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज साँझ ६ बजे नावमवली प्रकाशन गर्ने भएको हो ।
वैशाख ११ र १२ गते दर्ता भएको मनोनयन विरुद्ध आयोगले छानविन गरि आज साँझ उम्मेदवारको नाम प्रकाशन गर्ने लागेको छ । जसमध्ये गत निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको समेत आयोगले जनाएको छ ।
आफ्नो नामावली फिर्ता लिन चाहाने उम्मेलवारले १६ गते नै लिन सक्ने आयोगले जनाएको छ । त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि १६ गते नै गरिने जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले उल्लेख गरेको छ ।
वैशाख ३० गते हुने निर्वाचनमा ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४ सय ६५ जनाले उम्मेदवारी दिएका छन् ।



