काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर वृद्धि वा अपग्रेड गरि "ICRANP-IR” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ । ईक्रा नेपाल लिमिटेड भारत स्थितको सहायककम्पनीको रुपमा नेपालमादर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ्ग ऐजेन्सी हो ।
विगतका बर्षहरुमा विभिन्न संस्थाहरुसंग भएको मर्जर तथा प्राप्तीको सकारात्मक प्रभाव, सो पश्चातबैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा संजालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरुको संख्यामा उल्लेख्य बृद्धि तथा सा ेबाट बैंकको बजार हिस्सामा भएको बृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज ब्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको बृद्धि, बैंकको सकारात्मक विगत,असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमाईक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङ्गमा स्तर बृद्धि गर्दै [ICRANP-IR] A” रेटिङ्ग प्रदान गरेको हो ।
कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामाप्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुले गर्दा यो स्तर बृद्धि सम्भव बैंकले जनाएको छ ।



