काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओलीको झुटको पर्दा गरेपछि उनले सहन नसकेको कुरा बताएका छन् । बुधबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई प्रतिक्रिया स्वरुप दिएको अभिव्यक्ति हो । ‘केपी ओलीलाई उनको झुटको खेतीको पर्दाफास गरेको कुरा सहन सक्नु भएन,’ थापाले भने
थापाले केपी ओलीलाई लजिक मन नपर्ने भन्दै कुनै दिन मिलाएर बालकोटमै पुगेर ट्युसन पढाउनु पर्ने अवस्था आएको बताए । केपी ओलीले मंगलबार सन्त नेता मनमोहन अधिकारीको २३औं स्मृति दिवसको अवसरमा कांग्रेसको घोषणापत्रका विषयमा बोल्दै ‘बकवास र पागलहरुको प्रलाप’ भन्दै टिप्पणी गरेका थिए ।
जसको जवाफमा महामन्त्री थापाले भने , ‘केपी ओली जहिले पनि झुट बोल्नुहुन्छ, यदि कोही आँट भएको व्यक्तिले उहाँलाई तपाईं झुट बोल्नु भयो भने उनलाई त्यो मन पर्दैन र उसलाई पागल भन्नुहुन्छ, उनले सुशीला कार्की र गोविन्द केसीलाई पनि पागल नै भन्नु भएको थियो ।’



