काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ५.१७ अंकले बढेर २ हजार ३ सय ७६ विन्दुमा पुगेको छ । आज २ सय २८ कम्पनीको १ अर्ब ८ करोड बराबरको २ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से सामान्य अंकले बढ्दा १ सय ८ कम्पनीको शेयर मुल्य बढेको छ भने ६९ कम्पनीको शेयर मुल्य घटेको छ ।
शेयरबजारमा पछिल्लो समय शेयरको मात्रा र कारोबार रकममा खासै बृद्धि हुन सकेको छैन । आर्थिक संकटकाबीच घट्दो अवस्थामा रहेको शेयरबजारमा कारोबार रकम समेत घट्दै एक अर्बमा खुम्चिन पुगेको छ ।
आज कारोवारमा आएका १३ समुहका परिसुचक मध्ये ४ कम्पनी राताम्मे भएका छन् भने ९ कम्पनीमा हरियाली छाएको छ । आज सबैभन्दा अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ५ करोड २१ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नेपाल फाइनान्स परेका छन् ।
आज एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।



