images
images

प्रकाशकीय

नेपालअर्थको संघर्षपूर्ण र सुखद १ वर्ष


  • 679
    SHARES
  • २०७९ बैशाख १४ गते बुधबार

    नेपालअर्थको संघर्षपूर्ण र सुखद १ वर्ष

    नेपालअर्थ डटकम आज स्थापनाको पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । प्रथम वार्षिकोत्सवको यो अवसरमा नेपालअर्थलाई सहयोग गर्नुहुने र शुभेच्छा राख्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।

    हाम्रो यात्रा पत्रकारिता क्षेत्रको क्रमभंगता थिएन, व्यवसायिक पत्रकारिताको एउटा निरन्तरता मात्रै थियो । तर, यो क्षेत्रमा देखिएका समस्याको समाधान असल पत्रकारिताको निरन्तरताबाट मात्रै सम्भव छ भन्ने कुरामा हामीले विश्वास गर्छौं । त्यही विश्वासका आधारमा अगाडि बढ्दा सन्तोषजनक सफलता प्राप्त गर्न सफल भयौं । 

    हामीले स्रोतसम्म पुगेर सूचनाको मन्थन गर्ने प्रयास गर्यौं । यसले हाम्रो विश्वसनीयताको उचाइलाई बढाएको छ । हामीले पत्रकारिता र व्यवसायलाई सन्तुलित ढंगले अघि बढायौं । व्यवसायको लागि पत्रकारिता र पत्रकारिताको लागि व्यवसायको गलत ढंगले प्रयोग हामीले हुन दिएनौं । यस अर्थमा पनि पहिलो वर्षलाई हामीले सफल मानेका छौं । 

    त्यसो त, पहिलो वर्ष हाम्रो लागि त्यति उत्साहजनक भने भएन । मिडिया सञ्चालनको तेस्रो दिनदेखि देशमा निषेधाज्ञा सुरु भयो । यसले हाम्रो यात्रालाई पनि केही सुस्त बनायो । त्यसबाहेक सञ्चार क्षेत्रमा रहेका आम समस्या र संस्थाभित्रका केही आन्तरिक समस्याले हाम्रो गति कम भयो ।

    अहिले हामी पूर्ण गतिका साथ अघि बढ्न सक्षम अवस्थामा पुगेका छौं र यही ढ‌गले अघि बढ्नेछाैं । यो यात्रामा अहिलेजस्तै सबैको साथ र सहयोगको अपेक्षा समेत गरेका छौं ।  


    images
    images

    Logo