शिवपुरी राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग
673
SHARES
२०७९ बैशाख १३ गते मंगलबार
काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ ।जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि हेलिकोप्टरबाट पानी खसालिएको छ । बूढानीलकण्ठ नगरपालिका–२ तैलुङको जंगलमा लागेको डढेलो निभाउन सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालिएको हो ।
आइतबार बिहानदेखि लागेको आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि आगो नियन्त्रणका लागि प्रयोग गरिएको छ ।