images
images

२ अर्ब रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 433
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    २ अर्ब रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क,ख,र ग वर्गाका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा सो परिणममा लगानी गर्न लागेको हो । 

    राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकमा १ अर्ब ६० करोड ५ लाख ख वर्गको विकास बैंकमा ३० करोड र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ निक्षेपमा लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजत प्राप्त बैंक तथा वित्त कम्पनीहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई वैशाख २० गते कार्यलय समय भित्र जानकारी गराउनु राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ । 


    images
    images

    Logo