images
images

एकैदिन १६ अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने बढ्यो


  • 811
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    एकैदिन १६ अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने बढ्यो

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १६ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार वैशाख १२ गते बैंकहरुको निक्षेप एकैदिन १६ अर्ब रुपैयाँले छटेको हो । 

    राष्ट्र बैंकका अनुसार वैशाख ११ गते ४९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख १२ गते एकैदिन १६ अर्ब रुपैयाँले घटेर ४९ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि घटेको छ । वैशाख ११ मा ४३ खर्ब ६६ अर्ब रुपैयाँ रहेकोमा १२ गते हुँदा १४ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ । 

    राष्ट्र बैंकको विवरण अनुसार अन्य बैंक तथा वित्तीय क्षेत्रको पनि निक्षेपमा कमि आएको छ । वैशाख ११ गते ५ खर्ब ७५ अर्ब रुपैयाँ रहेको निक्षेप १२ गते १ अर्ब रुपैयाँले घटेर ५ खर्ब ७४ अर्ब रुपैयाँमा सिमित भएको छ । 

    बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले घट्दा कर्जा लगानी भने बढेको छ । वैशाख १२ गते बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । वैशाख ११ गते ४७ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा १२ गते २ अर्बले बढेर ७४ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ । 

    वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेकोछ । १२ गते वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँमा रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा पनि १ अर्ब रुपैयाँले बढेको छ  वैशाख १२ गते बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । 

    वैशाख १२ गते सीडी रेसियो पनि बढेको छ । ११ गते ९०.६१ प्रतिशत रहेको सीडी रेसियो १२ गते बढेर ९०.९२ प्रतिशतमा पुगेको छ । 


    images
    images

    Logo