images
images

गर्भनर अधिकारीको मुद्धामा कुनै टुङ्गो लाग्न सकेन, बिहिबार पुनः सुनुवाइ हुने


  • 548
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    गर्भनर अधिकारीको मुद्धामा कुनै टुङ्गो लाग्न सकेन, बिहिबार पुनः सुनुवाइ हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँग सम्बन्धित मुद्दामा आज कुनै फैसला हुन सकेन । सो मुद्धामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ ।

    अधिकारीले आफूलाई पदबाट निलम्बन गर्ने सरकारको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थिए । उनलाई सर्वोच्चले पहिलो सुनुवाईमार्फत्  वैशाख १३ गतेसम्मका लागि अन्तरकालिन अन्तरिम आदेश दिएको थियो । 

    मंगलबार न्यायाधीश टंकबहादुर मोक्तान र सपना मल्ल प्रधानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।


    images
    images

    Logo