images
images

नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध मुद्दा दायर 


  • 752
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध मुद्दा दायर 

    काठमाडौं । मुगुको सोरु गाउँपालिका १ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर ८ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आरोपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हो ।

    बढी मुल्यांकन गरी झुठ्ठा बिल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुगु सोरु गाउँपालिका(१ को काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन वन कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७५/७६ मा विनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत अनुसार काम नगरी, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी गरि बढी रकम भुक्तानी लिनेदिने काम गरेको आयोग जनाएको छ ।


    images
    images

    Logo