images
images

सुस्तायो शेयर बजार, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो


  • 456
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    सुस्तायो शेयर बजार, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१० अंकले घट्दा २ हजार ३ सय ६८ दशमलव ९१ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय २८ कम्पनीको १ अर्ब ३ करोड बराबरको ३ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजार ओरालो लागेसँगै  कारोबार रकम समेत  घटेको छ ।

    नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समुह र म्युचुअल फण्ड समुह बाहेकका सबै समुह राताम्य भएका छन् । उत्पादन तथा प्रशोधन समुह १६.४३ रुपैयाँ र म्युचुअल फण्ड समुह शुन्य दशमलव २५ रुपैयाँले बढेको छ । आज सिद्धार्थ बैंकको सबैभन्दा बढी सिद्धार्थ बैैंकको भएको छ यसको ४ करोड २१ लाख रुपैयाँ को कारोवार भएको छ । त्यस्तै, दोस्र्रो स्थानमा अपि पावर कम्पनी रहेको छ । यस कम्पनीको ४ करोड ६ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । त्यस्तै सर्वाधिक निर्जिवन बीमा समुहको १०० रुपैयाँले घट्न पुगेको छ ।

    मंगलबार शेयर बजार घट्दा पनि जालपा सामुदायिक लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo