images
images

देशभर १ लाख ४१ हजार भन्दा बढी मनोनयन दर्ता


  • 428
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    देशभर १ लाख ४१ हजार भन्दा बढी मनोनयन दर्ता

    काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि देशभरवाट १०.१५ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्थाङक अनुसार १ लाख ४१ हजार ४ सय ६८ जनाले मनोनयन दर्ता भएका छन् । सात प्रदेशबाट प्रमुखको लागि ३ हजार १ सय १८ जनाले र उपप्रमुखमा २ हजार ३६ जनाले मनोनयन दर्ता गराएका छन् । 

    त्यस्तै, अध्यक्षमा ३ हजार ३ सय ६ जनाले दर्ता गराएका छन् भने उपाध्यक्षमा २ हजार  ३ सय ४३ जनाले दर्ता गराएका छन् । त्यस्तै, वडा अध्यक्षमा ३३ हजार १ सय ११ जना, महिला सदस्यमा २४ हजार २ सय ८३ जना, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ जना र सदस्यमा ५१ हजार ९२ जना गरि जम्मा १ लाख ४१ हजार ४ सय ६८ जनाले मनोनयन दर्ता गराएका छन् । 

    आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । 

    वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकाे  छ । 


    images
    images

    Logo