images
images

गभर्नर निलम्बनमाथि सर्वोच्चमा आज पहिलो छलफल, यस्तो बन्यो इजलास


  • 699
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    गभर्नर निलम्बनमाथि सर्वोच्चमा आज पहिलो छलफल, यस्तो बन्यो इजलास

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ । पहिलोपटक आज दुबै पक्षलाई बोलाएर छलफल गर्न लागिएको हो । यस अनुसार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा मुद्दा राखिएको छ । 

    आजको सुनुवाईपछि यसअघि दिइएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने÷नदिनेबारे टुंगो लाग्नेछ । अदालतले अन्तरकालीन आदेशलाई निरन्तरता दिए गभर्नरले निरन्तर काम गर्न पाउनेछन् । तर, आदेशले निरन्तरता नपाएको अवस्थामा गभर्नर फेरि निलम्बित अवस्थामा फर्किनेछन् । 


    images
    images

    Logo