काठमाडौं । आज एकैदिन ९ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोपार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा स्थिर भइ सोमबारको मुल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।