काठमाडौं । व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघले नेपाल सरकारको आगामि बजेट तथा कार्यक्रममा सहयोग पुर्याउँने उदेश्यले आज काठमाडाैंमा पूर्ब बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल सरकारका अर्थसचिव मधुकमार मरासिनी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यवसायी र विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिती रहेको थियो ।
आजको पूर्ब बजेट छलफल कार्यक्रम ानिजि क्षेत्रका सरोकारवालाहरुले भोगेका समस्या र चुनौतिहरु र उक्त चुनौतिहरुलाई आगामि बजेटमा सम्बोधन हुनुपर्ने विषय संगै विज्ञहरुबाट प्रस्तुत महत्वपूर्ण रुपान्तरणकारी आयामहरु र भविष्यमा दुरदर्सि प्रभाव पार्न सक्ने बजेट प्याकेज तथा कार्यक्रमका विविध विषयहरुमा छलफल केन्द्रित भएको थियो ।
कार्यक्रममा निजि क्षेत्रबाट नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अप mकमर्सका सिनियर भाईस प्रिसिडेन्ट कमलेश कुमार अग्रवाल, बैंक तथावित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानर नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीको सहभागिता रहेको थियो ।
यसैगरी विज्ञहरुमा शिक्षा क्षेत्रबाट प्रा. डा. विद्यानाथ कोइराला, अर्थशास्त्री डा. विश्वास गौचन, कृषि विज्ञ डा. कृष्ण देव जोशी, पर्यटन क्षेत्रका विज्ञ बसन्त राजमिश्र, स्वास्थ्य क्षेत्रकाविज्ञ किशोर कुमार महर्जन र सूचनाप्रविधि क्षेत्रका विज्ञ एलेन तुलाधरको उपस्थिती रहेको थियो । पूर्ब बजेट छलफल कार्यक्रमलाई संघका कार्यकारी सदस्यमा जोज कुमार ज्ञवालीले सहजीकरण गरेका थिए
नेपालको खासगरी आर्थिक, मौद्रिक र प्रशासनिक क्षेत्रको नीतिगत तहमा विगत चार दशक देखी योगदान पुरयाउदै आएको संघले निष्पक्ष र स्वतन्त्र रुपमा सरोकारवालापक्षहरु र विज्ञहरुसंग छलफल चलाइनेपाल सरकारको बजेट तथा कार्यक्रममा उपयोगी हुने सुझावहरु पेश गर्दे आएको छ ।
आज सम्पन्न पूर्ब बजेट छलपलका आधारमा तयार पारिएको प्रतिवेदनलाई संघले केही दिनभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्य योजना रहेको संघका सभापति उपेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।



