images
images

सेञ्चुरी बैंकले  वैशाख २१ गतेदेखि सवा २ अर्बको ऋणपत्र निष्काशन गर्दै


  • 476
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    सेञ्चुरी बैंकले  वैशाख २१ गतेदेखि सवा २ अर्बको ऋणपत्र निष्काशन गर्दै

    काठमाडौं । सेञ्चुरी बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । सो ऋणपत्रको अवधि १० वर्षको रहनेछ ।

    बैंकले ‘ सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता  १ हजार रुपैयाँ अंकित दरका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। 

    कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

    सो ऋणपत्र खरिदका लागि छिटोमा वैशाख २५ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म थपिनेछ।

    लगानीकर्ताहरुले सो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo