मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता
375
SHARES
२०७९ बैशाख १२ गते सोमबार
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि पछिल्लो विवरणअनुसार मुलुकभर ८२ हजार २ सय १० ले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
यसमध्ये नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, महिला सदस्यमा १३ हजार ५ सय ५४ जना, दलित महिला सदस्यमा १२ हजार १ सय ८१ जना, सदस्यमा २८ हजार २ सय ८८ जनाको उम्मेदवारी परेको छ।