images
images

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति


  • 702
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

    काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।

    नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु  ३ हजार रुपैयाँ पुर्याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।

    “कोभिड–१९ पछि विस्तारै चलायमान हुने सकारात्मक सङ्केत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

    सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत अध्यक्ष थापाले आग्रह गरेका छन् । नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ । 


    images
    images

    Logo