images
images

सीवाईसी नेपाल लघुवित्तको आईपीओ वैशाख १५ बाँडफाँट हुँदै


  • 671
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    सीवाईसी नेपाल लघुवित्तको आईपीओ वैशाख १५ बाँडफाँट हुँदै

    काठमाडौं ।  सीवाईसी नेपाल लघुवित्तको आईपीओ बिहीबार (वैशाख १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार (वैशाख १५ गते) बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

    लघुवित्तको  आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने भएको छ । जसमा ३६ हजार ९ सय ४८ जनाले मात्र सेयर पाउनेछन् भने बाँकी २२ लाख ४७ हजार ९ सय जनाको भने हात खाली हुनेछ ।

    कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यो मध्ये ५ प्रतिशत  अर्थात् १९ हजार ७ सय ६६ कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।


    images
    images

    Logo