काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित उम्मेदवारी दर्ता गराएका छन् । यसका साथै उपमेयरमा सुनिता डङ्गोलले दिएकी छिन् ।
मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताए । एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।



