काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सागर थापालाई उठाउने भएको छ । विराटनगर महानगरपालिका– ४ मा बस्ने थापालाई नेकपा एमालेले मेयरका लागि आज टिकट दिएको हो ।
उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति समेत रहेका थिए । स्वतन्त्र विद्यार्थी युनियन सभापतिको कार्यकाल समय दुई पटकसम्म दोहोर्याएका थिए । थापा विराटनगर महानगर कमिटीका अध्यक्षसमेत रहेका छन् ।