काठमाडौं । स्यंसेवी संस्था किवानीज क्लव हिमालयले विद्याथीलाई स्कुल पोषाक तथा जुत्ता वितरण गरेको छ । ललितपुरस्थित श्री चोइना विणायक गुरु गणेश आधारभुत विद्यालयका विद्याथीहरुलाई एक कार्यक्रम बीच स्कुल पोषाक तथा जुत्ता वितरण गरेका हो ।
सो क्लवले स्थापना कालदेखि नै मुख्य परियोजना सिग्नेचर प्रोजेक्टको रुपमा न्युन आय भएका विद्याथी पढ्ने त्यस विद्यालयमा निरन्तर रुपमा विद्याथीलाई स्कुल पोषाक, स्टेशनरी, प्रथामिक स्वास्थ्य सम्बन्धि सामाग्री सहयोग गराउँदै आएको क्लवका संस्थापक अध्यक्ष युवराज न्यौपानेले बताए ।
किवानीज नेपाल च्याप्टरका केन्द्रिय गर्भनर एकराज पन्तले क्लव हिमालय जस्तै अन्य ९५ वटा क्लवहरुले देशव्यापी रुपमा विभिन्न वर्गका बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, नेतृत्व विकास जस्ता क्षेत्रहरुमा समुदाय स्तर र विद्यालय स्तरमा सेवा पुर्याइरहेको बताए ।
चोइना विणायक गुरु गणेश आधारभुत विद्यालयका प्राचार्य भीम प्रसाद गेलालले विद्यालयमा विद्यार्थीहरुको शैक्षिक अवस्थाबारे जानकारी दिए । साथै उनले किवानीज क्लव हिमालयकै योगदानका कारण विद्यालयमा नयाँ विद्यार्थी भर्ना संख्या अभिवृद्धि र गुणस्तरीय शिक्षा कायम भएको र पठन पाठनमा उच्च मनोबल मार्फत समग्र शैक्षिक वातावरण अनुकुल प्रभाव परेको बताए ।
एशियाको युरोप, अमेरिका, अष्ट्रेलियाका विभिन्न ८० देशहरुमा विश्वव्यापी संजाल भएको किवानीज क्लवहरुमा परिब ६ लाख सदस्यहरु अवद्ध छन् भने नेपालमा सन् २०१५ देखि स्थापना भई हाल सातै वटा प्रदेशमा गरि ९५ भन्दा बढि क्लवहरुमा करिब १ हजार ६ सय ५० किवानीयनहरु सेवारत छन् ।



