images
images

भक्तपुरको गोदाममा भीषण आगलागी, ६ करोड बराबरको क्षति


  • 484
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    भक्तपुरको गोदाममा भीषण आगलागी, ६ करोड बराबरको क्षति

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गएराती भिषण आगलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभएपनि करोडौको सामान जलेर क्षति भएको छ । 

    मध्यराती जुद्ध बारुण यन्त्र भक्तपुर, ललितपुर काठमाडौंको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए । 

    गोदाम भित्र रहेको अधिकांश केमिकल, मेशिनरी सामानलगायतका सामानहरु जलेर नष्ट भएको जानकारी दिदै उनले प्रारम्भिव अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको बताए । क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उनले जानकारी दिए । 


    images
    images

    Logo