काठमाडौं । नेपाली काँग्रेसले भक्तपुरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसको प्रदेश कार्यसमितिले नगर प्रमुखहरुको टुंगो लगाएको हो ।
यसअनुसार मध्यपुर थिमिको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
उपमेयरतर्फ चाँगुनारायणमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाका उपमेयर भने माओवादी र समाजवादीलाई दिइएको छ ।
काँग्रेसले नगरपालिकाको मेयर तथा उपमेयरको तय गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको थियो । त्यसअनुसार प्रदेश कमिटीले मेयर र उपमेयरको नाम तय गरेर पठाएको हो ।