images
images

भक्तपुरमा काँग्रेसले टुंग्यायो उम्मेदवार, मध्यपुरमा ज्वाइँ जेठानको भिडन्त पक्का


  • 3.5K
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    भक्तपुरमा काँग्रेसले टुंग्यायो उम्मेदवार, मध्यपुरमा ज्वाइँ जेठानको भिडन्त पक्का

    काठमाडौं । नेपाली काँग्रेसले भक्तपुरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । काँग्रेस बागमती प्रदेश कार्यसमिति बैठकले नगर प्रमुखहरुको टुंगो लगाएर पठाएको हो । 

    यसअनुसार मध्यपुर थिमिको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । 

    उपमेयरतर्फ चाँगुनारायणमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाका उपमेयर भने माओवादी र समाजवादीलाई दिइएको छ । 

    मध्यपुर थिमिमा मेयरका उम्मेदवार श्रेष्ठ वर्तमान मेयर मदनसुन्दर श्रेष्ठका जेठान हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको छ । 

    मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि काँग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर श्रेष्ठ विजयी भएका थिए । 


    images
    images

    Logo