काठमाडाैं । एनएमबि बैंकले फेरि अर्को उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एनएमबि उर्जा ऋणपत्र २०९३/९४ नामको ऋणपत्र बिक्री खुला गर्न लागेको छ। बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।
बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगतबाट बिक्री गरिनेछ भने बाँकी रहेको १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ।
जसमध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ३५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशनमा छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।



