images
images

एमालेले भक्तपुरमा लगायो मेयर उपमेयरका उम्मेदवारको टुंगो


  • 5.1K
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    एमालेले भक्तपुरमा लगायो मेयर उपमेयरका उम्मेदवारको टुंगो

    भक्तपुर । नेकपा एमालेले भक्तपुरका चार नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । आइतबार रातीसम्म बसेको एमालेको बैठकले यस्तो टुंगो लगाएको हो । 

    जसअनुसार सूर्यविनायक नगरपालिकाको प्रमुखमा वासुदेव थापा र मध्यपुर थिमिको प्रमुखमा मदनसुन्दर श्रेष्ठ दोहोरिएका छन् । त्यस्तै, चाँगुनारायण नगरपालिकामा हालका उपमेयर बिना बास्तोलालाई लाई बढुवा गरी मेयरको उम्मेदवार बनाइएको छ । भक्तपुर नगरपालिकामा भने रवीन्द्र लाछिमस्युलाई उम्मेदवार बनाइएको छ । 

    उपमेयरतर्फ सूर्यविनायक नगरपालिकामा सरिता भट्टराई, मध्यपुर थिमिमा उत्तरा नेपाल चाँगुनारायणमा रमेश बुढाथोकी र भक्तपुर नगरपालिकामा रन्जना खर्बुजा उम्मेदवार बनेका छन् । 


    images
    images

    Logo