images
images

मेलम्चीको पानी काठमाडौंमा आजबाट वितरण सुरु


  • 599
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    मेलम्चीको पानी काठमाडौंमा आजबाट वितरण सुरु

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

    पानीवितरणको शुरुआतपछि पत्रकार सम्मेलनमामन्त्रीचौधरीले पूर्व प्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको शुद्ध पानी खुवाउने सपना लोकतन्त्र दिवसको दिनआफूले पानीवितरणको शुरुआत गरेर पुरा गरेको बताएका छन् ।

    मन्त्रीचौधरीले गतवर्ष काठमाडौंमा मेलम्चीको पानीवितरण गर्दा तत्कालिनप्रधानमन्त्री केपीशर्मा ओलीले मेलम्ची योजनाको परिकल्पनागर्ने पूर्वप्रधानमन्त्री भट्टराईको नाम समेत लिनन चाहेर आफ्नो पूर्वाग्रही सोच र गलत संस्कार प्रदर्शन गरेको बताए । 

    उनले भने, ‘केही महिना अघिमात्र पूर्वप्रधानमन्त्रीओलीले यो सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउँदैन भन्नु र शुक्रबार फेरि मेलम्चीको पानीकुनै हालतमा काठमाडौंमा आउँदै,आए पनि टनेलमा धमिलो पानी पठाउँछन भनेर भ्रामक, झुट र असत्य सूचनाप्रवाहगर्नु भएको छ । म उहाँलाई सुन्दरीजलको ट्रिटमेन्ट प्लान्टबाट शुद्ध काठमाडौंमा आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहन्छु ।’

    मन्त्रीचौधरीले ओलीले सायद बिदेशबाट मगाएर पानीखाने गरेकाकारण यस्तो अभिव्यक्तिदिएको हुनसक्ने भन्दै नत्र मेलम्चीको पानी शुद्ध छ किधमिलो छ भन्ने अनुभवलिनको लागि एक पटक मेलम्चीको पानीपिउनको लागि आग्रह गरेका छन् । 

    कांग्रेस सहमहामन्त्री समेत हुनु भएकामन्त्रीचौधरीले नेपालीकांग्रेस नागरिकलाई झुटको सूची बाँड्न नचाहेको भन्दै ‘कांग्रेस जे बोल्छ, त्यो गर्छ र जे गर्छ त्यो बोल्छ’भन्ने कुरा मेलम्चीको पानीधारामा आएपछि आज थप प्रमाणीत भएको दाबीगर्नु भयो । उनले हरेक नागरिकलाई नभै नहुने शुद्ध पानीको उपभोगको विषयलाई राजनीतिकरण नगर्न र भ्रमन नफिजाउन सबैमा आग्रह गर्दै नागरिकको जीवनसँग जोडिएको विषयमा राजनीति गर्न छाडेर सहयोग, साथ र समर्थनको खाँचो रहेको औंल्याउएका छन् । 

    मन्त्रीचौधरीले मेलम्चीखानेपानीआयोजनाको दीर्घकालिन संचालनको लागिएसियालीविकास बैंकले मेलम्चीमाआएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानकाउपायको लागिजलाधार संरक्षण गर्ने विषयमाअध्ययनगरिसकेको र त्यसको प्रतिवेदनप्राप्त भएपछि चाँडै कार्ययोजनाबनाई कार्यान्वयन गरिने बताए । 


    मेलम्चीको पानीउपत्यकावासीको घर घरमापुर्याउनको लागि आयोजना कार्यान्वयन निर्देशनालयले ४१० किलोमिटर पाईप लाईन क्षेत्रको सर्ट रन टेष्ट पुरा भइपानी संचालनको लागितयार भएको भन्दै काठमाडौंवासीलाई मेलम्चीको हालवितरण भइरहेको पानीपर्याप्तनभएकाले यसकायाङ्ग्री र लार्के खोलाको पानी समेत सुरुङबाट सुन्दरीजलमामिसाउने कार्ययोजनाबनी सकेको बताए । 

    राजधानीको बढ्दो जनसख्या र सम्भावित बाढी पहिरोलाई दृष्टिगत गरी मन्त्रालयले बर्षायाममा मेलम्चीको पानीको बिकल्पको रुपमा वागमति नदीको पानी, सिस्नेरी जलाधार क्षेत्र र महादेव खोलाको पानी काठमाडौमावितरण गर्ने विषयमा अध्ययन भइरहेको बताए । 

    काठमाडौं उपत्यकाखानेपानीव्यवस्थापनबोर्डकाकार्यकारी निर्देशक डा.ई. संजिवविक्रम राणाले बर्षाको समयमाबागमती नदिबाट १० करोड लिटर पानी उपत्यकामा ल्याउन सकिने जानकारी दिए । 

    आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सुन्दरी जलपानी प्रशोधन केन्द्रबाट उपत्यकाका १० वटा पानी टैंकी सम्मको ७० किलोमिटर पाईप विछ्याई सकेको जानकारी दिँदै ४१० किलोमिटर पाईप लाईनको परिक्षण भइसकेको जानकारी दिए । 

    मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको हेडवक्र्स क्षेत्रको पुनःनिर्माण गर्न आयोजनाका इञ्जिनियर, कर्मचारी र निर्माण व्यवासायीले रातदिनकाम गरेकै कारण पुनःनिर्माण कार्य सम्पन्नभएको बताए ।

    केयूकेएलका प्रमुखकार्यकारी अधिकृत ई. मिलनशाक्यले मेलम्चीको पानी १० वटापानी टैंकीमार्फत १ लाख७५ हजार धारामाबितरण गरिने बताएका छन् । उनले मेलम्चीको पानीचुहावन नियन्त्रण गर्नको लागिकर्मचारीहरु २४सै घण्टा तयारी अवस्थामा रहेको बताए । 

     


    images
    images

    Logo