भक्तपुर । सूर्यविनायक नगरपालिकाको नगरप्रमुख पदबाट बासुदेव थापाले राजीनामा दिएका छन् । आइतबार नगर उपप्रमुख जुना बस्नेतसमक्ष थापाले राजीनामा दिएका हुन् । नयाँ कार्यकालका लागि फेरि नगर प्रमुखमा उम्मेदवारी दिन आज उनले राजीनामा दिएकाम हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा थापा नेकपा एमाले बाट निर्वाचित भएका थिए । एमालेले हालसम्म भक्तपुरको कुनैपनि नगरपालिकामा वडा अध्यक्ष, उपप्रमुख र नगर प्रमुखको उम्मेदवार टुंगाउन सकेको छैन । भोलि १२ गते मात्रै सबै पालिकामा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको एमाले जानकारी दिएको छ ।